प्रधानमन्त्रीको अरिङ्गाल आह्वानपछि हामी पनि अरिङ्गाल भयौं : नैंनसिंह महर (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

प्रधानमन्त्रीको अरिङ्गाल आह्वानपछि हामी पनि अरिङ्गाल भयौं : नैंनसिंह महर (भिडियो सहित)

kharo with nainsingh mahar

काठमाडौं, ३ असोज । नेपालको राजनीतिमा नेपाल विद्यार्थी संघको भूमिका बेग्लै प्रकारको छ । कतिपय राजनीतिज्ञहरुले यसलाई नेता उत्पादन गर्ने ठुलो कारखाना भनेर भन्ने गरेको बेला बखतमा सुन्ने गरिन्छ । नेविसंघ नेपाली काँग्रेसको भात्री संगठन हो र अहिले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार बनिसकेपछि बारम्बार सडकमा उत्रिरहेको छ । कहिले विभिन्न कारण त कहिले बिना कारण सडकमा आइरहेको छ भनेर नेविसंघमाथि केहि आरोप लाग्ने गरेका छन् । पछिल्लो पटक निर्मला हत्याकाण्डको विषयमा पटक पटक सडक उत्रिएको छ । सडकमा गएर प्रधानमन्त्री र सरकारलाई अरिङ्गालले सरकार भनेर दोषारोपण पनि गरेको छ । नेविसंघले यस्तो किन भन्यो त ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल विद्यार्थी संघका अध्यक्ष नैंनसिंह महरसँग गरेको कुराकानी हेर्नुहोस् :