Our Network

कार्तिक १ २०७८, सोमबार

काल बन्दै सडक यात्रा (भिडियो सहित)

चाडबाडँको मुखका कहाली लाग्दा सडक दुर्घटना हुने क्रम बढ्दो, दशै मनाउन घर हिडेका दर्जनौ नागरिक घर पुग्न पाएनन् ।

नेपालीहरुको महान् पर्व दसैँ मनाउन घर जाने क्रममा सडक दुर्घटनमा परि दर्जनौ नागरिकले ज्यान गुमाएका छन् । आफ्नो गाउँ फर्किरहेका ३२ जना मुगु निवासीले फुलपातिको दिन दुर्घटनामा ज्यान गुमाएको घटना कहाली लाग्दो छ ।

दसैँ विदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न विद्यार्थीहरुले बाटोमै ज्यान गुमाए । देशभर विभिन्न स्थानमा भएका अन्य सडक दुर्घटनमा पनि धेरैले ज्यान गुमाएसँगै सडक यात्रा किन सुरक्षित बन्न सकेन भनेर चौतर्फी रुपमा सरकारको आलोचना भइरहेको छ ।

केहि दिनदेखि ठाउँ ठाउँमा भइरहेका सडक दुर्घटनाबाट दर्जनौ नागरिकले ज्यान गूमाएका छन। कास्की, स्याङ्जा र अछाममा भएका छुट्टाछुट्टै जिप दुर्घटनामा परि १५ जनाले ज्यान गुमाएका छन। दसैँको बिदामा घान्द्रुक घुम्न गएका आन्तरिक पर्यटक घान्दु्रक पुग्न पाएनन। विवाहका लागि जन्ती गएकाहरु बाहरुको बाटोमै ज्यान गयो। मुगुमा यात्रुबाहक बस दुर्घटनामा पर्दा ३२ जनाको मृत्यु भएको छ।

दसैँ मनाउन घर फर्किरहेकाहरु घर पुग्न पाएनन। मृतक मध्ये अधिकांश विद्यार्थी छन। यो घटनाले कयौ अभिभावकले आफ्ना सन्तान गुमाए। मृतकहरूको सनाखतका ट्रक मा राखेर शव जिल्ला अस्पताल लैजादै गरेको रिदय विदारक दृष्यले दशैको रौनक नै खल्लो भएको छ। महोत्तरी र बैतडीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।


सडक दुर्घटनाबाट वर्षेनी ठूलो सख्यामा नागरिकहरुले ज्यान गुमाइरहेका छन। कयौ नागरिकले सडक दुर्घटनामा जीवन यात्रा टुग्याइरहेका छन। सडकहरु मृत्युको कारण बन्दा पनि हाम्रो राज्य यस विषयमा कहिले पनि गम्भिर हुन सकेन। मृत्युपछि प्रधानमन्त्री देखि नेताहरु सम्म सबैले श्रद्धाञ्जली र संमवेदना दिने गरेका छन। एउटा शोक वक्तव्य जारी गरेर राज्य आफ्नो जिम्मेवारीबाट सजिलै पन्छिरहेको छ। नागरिक गन्तव्यमा पुग्न नसकेर खराब सडकका कारण मृत्युवरण गर्न बाध्य छन।


सडकको दुरावस्था, थोत्रा सवारी साधन, गैर जिम्मेवार यातायात व्यवसायी र सक्षम जनशक्तिको अभावका कारण चाडपर्वमा घर जानु पनि नेपालीहरुका लागि अभिसाप बनिरहेको छ। क्षमताभन्दा बढी यात्रुहरु राखेर यात्रा गर्दा सरोकारवाला निकायबाट निगरानी हुदैन। सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाउदा वर्षेनि बढ्दो सडक दुर्घटनाबाट देशले ठूलो जनधनको क्षती व्यहोर्नू परेको तीतो यथार्य पछिल्ला दुर्घटनाहरुले उजागर भएको छ।

सरकारी निकायको तथ्याङ्कले ६० प्रतिशत दुर्घटना चालकको लापरवाहिले हुने गरेको देखाएको छ। तर चालकहरु कहिले पनि राज्यको आखामा पर्दैनन। हवाइ यात्राको क्रममा सामान्य समस्या आउदा पनि सरकारले छानविन सकिति गठन गर्छ। तर सडक यात्रामा एकै पट दर्जनौ यात्रुको ज्यान जादा समेत दुर्घटनाबारे छानविन सम्म हुदैन। के राज्यले नागरिक नागरिकमाथि यसरी विभेद गर्न मिल्छ र ? पटक्कै मिल्दैन। यथार्थ के छ भने, हाम्रो यातायात क्षेत्र भद्रगोल अबस्थामा छ। चालकलाई सजग र जिम्मेवार बनाउन सकिएको छैन। सडक सुरक्षा प्रणाली अस्तव्यव्स्त ।


सडक सुरक्षा मुख्य गरी चालक, सवारी साधन र सडकसँग जोडिने विषय हो। तर, यी तीनवटै पाटा चुस्त दुरुस्त छैनन। सडक डिजाइनको मापदण्ड नै पूरा नगर्नु दुर्घटनाको प्रमुख कारण मध्ये एक हो। सडक बनाउनु अघि अध्ययन गर्ने प्रणाली छैन, बनेका सडकमा पनि कस्ता सवारी साधन चलाउन दिने भनेर अध्ययन नगरी अनुमति दिंदा दुर्घटना झनै बढ्ने गरेको छ।

सयौं यात्रुलाई सुरक्षित गन्तव्यमा पु-याउने जिम्मेवारी बोकेका चालकको शारीरिक र मानसिक स्वास्थ्य अबस्था उपेक्षा गरिन्छ। थकान र मानसिक तनावका बीच सवारी साधन चलाएकै कारण धेरै दुर्घटना भएको तीतो विगतबाट केहि सिन् सकिएन। दुर्घटनाको कारण खोजनु भन्दा आँखा चिम्लिने राज्यको प्रवृति सुध्रिन जरुरी छ।


सडक यातयात नेपालीहरुका लागि एउटा विकल्पहिन विकल्प हो। जलमार्गको सम्भावना छैन। रेल मार्गको विस्तार भइ नसकेको अबस्थामा हवाई मार्ग अधिकांश नेपालीको पहुँच बाहिर छ। यस्तो अबस्थामा सडक यातयात नेपाल जस्तो भूपरिवेष्टित मुलुकमा भरपर्दौ माध्यम हो। तर सडक नै कयौ नेपालीका लागि मृत्युको कारण बनेको छ। सडकको नियमित मर्मतका लागि भनेर सरकारले हरेक बर्ष अर्बौँ रुपैयाँ कर उठाउँछ।

जनतले तिरेको करबापत सुविधा पाउनु त परै जाओस् उल्टै अनेक सास्ती खेप्नु परेको छ। पानी परे हिलो छ्यापीने घाम लागे धूलाम्मे हुनु पर्ने बाध्यता छ। प्रत्येक सवारी चालक नागरिकले खरिद गर्ने इन्धन, सवारी दर्ता र नवीकरणबाट मात्रै सरकारलाई वार्षिक २० अर्ब भन्दा बढि राजस्व बुझाउँछन्। तर सडकको यात्रा व्यवस्थित हुनु पर्नेमा कहाली लाग्दो बनिरहेको छ।
यातायात क्षेत्रका लागि बनेका कानुनहरु निष्प्रभावी छन।

चर्चा सडकमा ज्यान गुमाउनेहरु ज्यादा हुन्छ तर जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते हरु छन। जसको जीवन नै सकटग्रस्त बनेको छ। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको कुनै मूल्य छैन, पारिवारिक र सामाजिक पीडाको मापन गर्ने यन्त्र पनि छैन। तर सडक दुर्घटनाको अबस्था कहाली लाग्दो छ। सरकार यस विषयमा गम्भिर लाग्न जरुरी छ।

Leave a Reply