लथालिङ सडकका कारण नागरिकले अकाल मै ज्यान गुमाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लथालिङ सडकका कारण नागरिकले अकाल मै ज्यान गुमाउँदै

Beni_Jomsom_Road

दाङ । दाङको लमही– घोराही – तुलसीपुर सडक चारलेन बनाउने भन्दै २०७६ मंसिरदेखि काम सुरु भयो । तर, अहिले सम्म ६ प्रतिशत पनि काम भएको छैन । समयमा सडक नबन्दा सवारी दुर्घटनामा परि केही नागरिकको अकाल मै ज्यान गएको छ ।

घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्ती खौवा सम्म करिब २९ किलोमिटर सडक चारलेन बनाउने योजनामा रहेको छ । चारलेन सडक बनाउने भन्दै सडक जीर्ण अवस्थामा पुगेको छ । जसबाट सवारी दुर्घटना भई केहीको अकाल मै ज्यान गएको छ । नागरिकहरूले पनि धेरै सास्ती भोग्नु परेको यहाँका स्थानीयहरुले गुनासो गरेका छन् ।

नागरिक मात्र नभइ सवारी साधन चलाउन चालक र गाडीमा सवार यात्रुले पनि धेरै सास्ती भोग्दै आएका छन् । सडकको अवस्था अस्तव्यस्त हुँदा चालकहरुलाई समेत सवारी चढाउन कठिन हुने गरेको चालकहरुको दुखेसो छ ।

यो सकड बनाउन भारतको एक्जीम बैंकले आर्थिक सहयोग गर्दै भारतको मुम्बईकै तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राइस्ट्रक्चर प्रालिले ठेक्का पाएको थियो । मुम्बईको सो कम्पनी आफै काममा नआएर यहीँकै अष्टभैरव कन्स्ट्रक्सन प्रालिलाई पेटी ठेकेदारका रुपमा काममा लगाएको थियो । त्यस पनि काम गर्न नसकेपछि अहिले भर्खरै ब्रोमाइन निर्माण सेवाले पाएको ब्रोमाइनका डाइरेक्टरले जानकारी दिएका छन् ।

यसरी समय मै विकास निर्माण गर्न नसक्नु निर्माण व्यवसायीहरूको कमजोरीले हुने जनप्रतिनिधि तथा स्थानीय प्रशासनको भनाई छ । कसैलाई नटेर्ने प्रवृत्तिका कारण सबैले दुख पाइरहेको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए ।

१ करोड २१ लाख अमेरिकी डलर लगानी रहने निर्माण कार्य पटक पटक म्याद थप्दा पनि गर्न नसक्नु दोषीको होला ? भएको सडक बिगारेर त्यतिकै लथालिङ्ग छोड्दा केही नागरिकले अकाल मै ज्यान गुमाएका छन् । अब एक पटक सम्बन्धित निकायले ध्यान दिने की ?

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);