सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडासहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडासहित दुई जना पक्राउ

कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिका २ बसौतीबाट साउन १२ गते सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कैलारी गाउँपालिका २ बस्ने ३६ वर्षिया मायालु चौधरी र सोही गाउँपालिका ३ बस्ने ३६ वर्षिय खुशिराम चौधरी छन् ।

भारतबाट अवैध रुपले दुई वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लत्ताकपडा तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);