झापामा ब्राउन सुरगरसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

झापामा ब्राउन सुरगरसहित दुई जना पक्राउ

झापा । झापा जिल्लाको झापा गाउँपालिाक ४ सुकुम्बासी बस्तीबाट साउन ३ गते सशस्त्र प्रहरीले ३ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई फक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको झापा गाउँपालिका ६ चरणामती बस्ने ३६ वर्षिय कमानसिंह लिङ्खा र सोही गाउँपालिका ७ बस्ने ४० वर्षिय मिलन राई छन् ।

प्र.०१–०१–०४१ प ४०७० नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश सुकुम्बासी बस्तीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);