झापामा खैरो हेरोईनसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

झापामा खैरो हेरोईनसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

pakrau

झापा । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ६ स्थित सतार बस्तीबाट साउन ९ गते सशस्त्र प्रहरीले करीव १२ ग्राम ९ मिलिग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको गौरादह नगरपालिका ८ जुरेपानी बस्ने ३१ वर्षिय धनीलाल चौधरी र म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका ३ बस्ने २५ वर्षिय सनम मल्ल छन् ।

मे १ प ६१७६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरीगञ्जबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोईन तथा मोटरसाईसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);