विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुर सीमा ईलाकाबाट साउन ९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतको पूर्वी चम्पारण जिल्ला आदापुर घर बताउने १८ वर्षिय सन्तोष कुमार रजकलाई पक्राउ गरेको छ ।

भारतीय नम्बरको मोटरसाईकलमा सवार निज रजकलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ८ सय ९० वटा, नोफ्रिन ९ सय १ वटा र फेरागन ९ सय २५ वटा फेला पारेको हो ।

पक्राउ परेका रजकलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);