नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका(२ बस्ने ३६ वर्षीय विजय श्याम रंजितलाई काठमाडौं महानगरपालिका ३ महाराजगञ्जबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विजयले नेपाल मेडिकल काउन्सिल काठमाडौं बाँसवारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता प्रमाणप्रत्र प्रवेश परीक्षामा अनुतिर्ण भई नेपाल मेडिकल काउन्सिलको स्थाई दर्ता प्रमाणपत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखत समेत किर्ते गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई लिखत सम्बन्धी कसूर अपराधमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);