एपीएफ टोलीद्वारा खैरो हेरोईनसहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एपीएफ टोलीद्वारा खैरो हेरोईनसहित एक पक्राउ

pakrau

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलडाडी गाउँपालिका ३ बैवाहस्थित सीमा ईलाकाबाट जेठ १ गते एपीएफ टोलीले करीव ७ ग्राम खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको शुक्लाफाँटा नगरपालिका ४ बस्ने २५ वर्षिय नरेशप्रसाद जोशी छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज जोशीलाई बरामद खैरो हेरोईनसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाडीमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);