बेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक बरामद

मकवानपुर । ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरले बेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक बरामद गरेको छ ।

शनिबार बिहान ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा खटि गएको गस्ती टोलीले भिमफेदी गाउँपालिका वडा नम्बर ६ मा पर्ने स्याउली बनमा उक्त दुई थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बन्दुक रुखको चेपमा लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बरामद गरेको बन्दुक कसको हो भन्ने बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस अघि भिमफेदी गाउपालिका वडा नम्बर ७ मा र हिजो बकैया गाउँपालिकामा भरुवा बन्दुक पड्केर दुई जना घाइते भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);