कपिलवस्तुमा हातहतियार र लागूऔषधसहित ४–४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कपिलवस्तुमा हातहतियार र लागूऔषधसहित ४–४ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न हातहतियारसहित चारजना पक्राउ परेका छन् । प्रहरीले बाणगंगा नगरपालिका–८ मोर्मीबाट चार थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन्।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले टिकारामको घरबाट २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद, गुम बहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी कपिलवस्तु नगरपालिका–११ जहदी चोकबाट ‘मेड इन युए सए’ लेखिएको लोडेड पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्ड सहित ३६ वर्षीय मन्नु यादव भन्ने माथेश्वर प्रसाद यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। युपि ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक यादवलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता शितगंगा नगरपालिकाको वडा नम्बर ४ अमराई बाट गाँजा सहित कपिलबस्तुको बुद्धभुमी नगरपालिका १ का ४ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय ठाडाले गस्तिको क्रममा चेकजाँच गर्ने क्रममा उनिहरुलाई ६०० ग्राम गाँजा सहित ४ जनालाई पक्राउ गरेका इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनु भयो ।

अमराई तर्फबाट कपिलबस्तु जाँदै गरेका ४ जनालाई २ वटा मोटरसाइकल सहित नियन्त्रणमा लिइ जिल्ला अदालत बाट ७ दिनको म्याद थपगरि इलाका प्रहरी कार्यालय ठाडामा राखिएको छ उनिहरुमाथी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);