एकनाले भरुवा बन्दुक र शिशाको गोली सहित १ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एकनाले भरुवा बन्दुक र शिशाको गोली सहित १ जना पक्राउ

नवलपरासी । मध्यबिन्दु नगरपालिका १० अधेरी खोलास्थित सडकबाट १ थान एकनाले भरुवा बन्दुक, १८ थान शिशाको गोली, ५४ ग्राम बारुद र १६ थान पटका सहित सोही नगरपालिका पोखरीताल बस्ने ४२ वर्षीय दल बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लु।२८ प ५४४५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);