एकनाले बन्दुकसहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एकनाले बन्दुकसहित तीन जना पक्राउ

स्याङजा । भरुवा बन्दुक १ थान सहित तीन जना पक्राउ परेका छन् । फेदीखोला गाउँपालिका–१ रामकोटबाट बाह्र बोरको एकनाले भरुवा बन्दुक १ थान र ४ राउन्ड गोली सहित सोही गाउँपालिका–१ उपल्लो कुडुले बस्ने ६१ वर्षीय हितकाजी गुरुङ लगायत तीन जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त बन्दुक बोकी शिकार खेल्न हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट मट्टीखानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);