भरुवा बन्दुक सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भरुवा बन्दुक सहित २ जना पक्राउ

दाङ, १६ चैत । दाङमा प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपािलका १३ निवासी ३५ बर्षीय मधु शर्मा र सोही ठाउँ निवासी २७ बर्षीय भिम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शनिवार घोराही उपमहानगरपालिका १२ चम्पाखेल भलानेरी सृजना सामुदायिक वनस्थित जंगलमा शिकार खेल्ने क्रममा ५१ बर्षीय टेक बहादुर गुरुङको मृत्यु भएको घटनामा संलग्न २ जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ४ फिट ८ इन्च लम्बाई भएको भरुवा बन्दुक एक थान बरामद गरेको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);