ब्राउन सुगरसहित पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ब्राउन सुगरसहित पाँच जना पक्राउ

झापा, १ माघ । झापाको काकँडभिट्टाबाट ब्राउन सुगरसहित आज पाँच युवा पक्राउ परेका छन् ।

भारत पानीट्यांकीका २८ वर्षीय महेश वर्मन, झापा मेचीनगर नगरपालिका–६ का २० वर्षीय हर्कबहादुर तामाङ, २८ वर्षीय धनु भुजेल, २७ वर्षीय योगेश राई र २० वर्षीय सक्कल तामाङ ब्राउन सुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका नायब प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मेचीनगर–६, सतीघट्टाबाट ११ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको नायब प्रहरी उपरीक्षक बस्नेतले बताए । प्रहरीले उनीहरूले प्रयोग गरेको डब्लू बी ७३ ए पी ६००१ नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । तीन दिनअघि पनि ब्राउन सुगर र खैरो हेरोइनसहित काँकरभिट्टा नाकाबाट प्रहरीले सात जनालाई पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);