लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

झापा । झापा बिर्तामोड नगरपालिका ५ नयाँ बसपार्क नजिक मिलन चौकबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ वर्षीय सुमन तामाङ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर २० ग्राम र उनीहरुले प्रयोग गरेको मे. २ प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);