चीनबाट १६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनबाट १६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै

काठमाडाैं । चीनबाट आज र भोली गरि थप १६ लाख कोरोनाविरुद्धको डोज भेरोसेल खोप आउने भएको छ ।

चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ । यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);