२५ लाख नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् : सहप्रवक्ता, स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

२५ लाख नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् : सहप्रवक्ता, स्वास्थ्य मन्त्रालय

कठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाई सकिएको बताएका छन् ।

सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएका हुन् । खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाई छ ।

नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले जानकारी दिए ।

सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको उनले जानकारी दिए ।

त्यस्तै चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाई छ । त्यसमध्ये २५ लाख डोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए ।

७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भएपनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनले बताए । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उहाँले जानकारी दिए ।

यद्यपी भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाई छ । स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि उनले बताए ।

पीसीआर परीक्षण
कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको सम्बन्धमा देशभरी ९० वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको डा. अधिकारीले जानकारी दिए ।

अहिले एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण भइरहेको छ । पीसीआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारीले जानकारी दिए ।

अहिले नीजि तथा सरकारी प्रयोगशालाहरुबाट परीक्षण भइरहेको छ । एन्टीजेन परीक्षण भने मुख्य गरि नेपाल भारत सीमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ ।

स्वास्थ्य सामाग्रीको अवस्था
यस्तै सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए ।

संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा असर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउनको लागि पनि स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको बताए ।

अहिले आवश्यक पर्ने परीक्षणका सामाग्री, उपचारका सामाग्री र अन्य आवश्यक सामाग्रीहरुको सहयोगका लागि बिभिन्न निकायमा, दाताहरुसँग पत्राचार गरिएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);