सर्लाहीमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सर्लाहीमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु

राजिव साह
मलंगवा, १४ माघ ।
सर्लाही अस्पतालका प्रमुख डा. संजिव सिंह सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान मलंगवा स्थित जिल्ला अस्पताल परिसरमा खोप लगाउन सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब क्रमशः स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, अग्रपंक्तिमा खटिने अन्य राष्ट्रसेवक कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकालाई खोप लगाईने छ । प्रजिअ पौडेलका अनुसार सर्लाहीमा ५ हजार ३०० डोज खोप आएको छ ।

खोप लगाउनका लागि जिल्ला अस्पताल मलंगवामा नै जानु पर्नेछ । अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् । सोही तथ्यांकका आधारमा जिल्लामा कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको थियो । तथापी ५ हजार ३०० डोजमात्र प्राप्त भएको छ ।

पहिलो पटक लगाएका व्यक्तिलाई पुनः ४ हप्तापछि दोस्रो डोज खोप लगाईने छ । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा बुधबारबाट मुलुकभर लगाउन सुरु गरिएको हो । उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);