सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

सिरहा । सिरहा प्रहरीले ४ ग्रामभन्दा बढी प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले नरहा गापा-३ करेसाबारीबाट लागुपदार्थ ब्राउन सुगरसहित नरहा गापा- ३ बस्ने २१ वर्षीय इन्दल यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरालाई पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा करेसाबारीमा लागू औषध प्याकिङ गर्ने क्रममा दुबै जनाको साथबाट ब्राउन सुगर ४ ग्राम ५५० मिलिग्रामसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख (इन्सपेक्टर) सन्तोष कुमार राइले बताए । ब्राउन सुगरसहित पक्राउ गरेका दुबै जनालाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);