ब्राउन सुगरसहित दुई युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ब्राउन सुगरसहित दुई युवक पक्राउ

brown sugar

झापा, ६ जेठ । झापाको काँकडभिट्टाबाट चार सय मिलिग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ३ का २५ वर्षीय रावल रायमाझी र सोही ठाउँका २३ वर्षीय अनिल दनुवार रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंकप्रसाद भट्टराईले जानकारी दिए ।

भारत पश्चिम बंगालस्थित पानीट्याङ्की बजारबाट मे ५ प ८६६ नम्बरको स्कुटरबाट नेपालतर्फ आउँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले उनीहरुलाई मेचीनगर नगरपालिका ६ स्थित भन्सार कार्यालय नजिकैबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);