Our Network

असोज ११ २०७८, सोमबार

एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित एक जना पक्राउ

झापा, ११ चैत । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट चैत्र १० गते एपीएफ टोलीले करीव १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका ४ बस्ने १९ वर्षिय बिवेक नेम्वाङ्ग छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट मेचीपुलबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज नम्वाङ्गलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

Leave a Reply