जीवित देवी कुमारीको दर्शन सर्वसाधारण तथा विदेशीको लागि खुला (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जीवित देवी कुमारीको दर्शन सर्वसाधारण तथा विदेशीको लागि खुला (भिडियोसहित)

काठमाडौं, ११ चैत । जीवित देवी कुमारीको दर्शनका लागि वसन्तपुरस्थित कुमारीघरमा सर्वसाधारण तथा विदेशीको लागि खुला गरिएको छ । लामो समयदेखि कोभिड १९ का कारण बन्द रहेको कुमारी घर अहिले भक्तजनको अनुरोध र हनुमानढोका परिसरमा बढदै गएको स्वदेशी तथा विदेशीको चहलपहलले कुमारी दर्शन खुला गरिएको हो ।

कुमारीघरका संरक्षणकर्ता गौतमरत्न शाक्यका अनुसार बिहान ९ देखि १२ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने छ । स्वदेशीले कुमारी घर भित्र नै दर्शन गर्ने सकिने र विदेशीलाई दर्शन गराउन लागि झ्यालबाट कुमारीले दर्शन दिनु हुने हुँदा विदेशीहरुले चोकबाट दर्शन गर्ने सकिने व्यवस्ता मिलाईएको संरक्षणकर्ता शाक्यले बताए ।

सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि दर्शनको व्यवस्था भएता पनि अहिले भने बिहानका लागि मात्र दर्शन गर्न सकिने र बेलुकी भने विशेष अनुरोध आएमा दर्शनार्थीलाई मात्र दर्शन गराउने गरेको शाक्यको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);