तीजमा पशुपतिनाथको मन्दिर दर्शन एवं पूजा खुला गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तीजमा पशुपतिनाथको मन्दिर दर्शन एवं पूजा खुला गर्ने तयारी

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान् पर्व तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ ।

कोरोना भाइरस महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न सकिने जनाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न सकिने जनाएको हो ।

यसअघि पशुपति क्षेत्र विकास कोषले भदौ २५ गतेबाट पशुपति मन्दिर खुल्ला गर्ने जनाएको थियो ।

कोरोना महामारीका कारण मन्दिर भक्तजनहरुका लागि बन्द गरिएको थियो । भने नित्य पुजालाई भने निरन्तरता दिइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);