असोज १ गतेदेखि पशुपतिनाथ मन्दिर पूर्ण रुपमा खुला गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

असोज १ गतेदेखि पशुपतिनाथ मन्दिर पूर्ण रुपमा खुला गरिने

काठमाडौं । पशुपतिनाथ मन्दिर आगामी असोज १ गतेदेखि पूर्ण रुपमा खुला हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण संक्रमण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्न लागिएको हो ।

पशुपति क्षेत्र विकास कोषले आगामी असोज १ बाट स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार मन्दिर खुल्ने बताएको छ । साथै असोज १ गतेदेखि नै पशुपतिमा विशेष पूजा पनि सुरु हुनेछ ।

विशेष पूजामा दर्शनार्थीले तोकिएको रकम तिरेर विशेष पूजा गर्न पाउने छन् । अहिलेसम्म पशुपतिनाथमा नियमित नित्य पूजा मात्रै हुँदै आएको छ ।

कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि गएको वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);