सुजिता भण्डारीको शव बुझेर परिवारद्धारा दाहसंस्कार | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सुजिता भण्डारीको शव बुझेर परिवारद्धारा दाहसंस्कार

दिलिप शर्मा,
चितवन
। चितवनको राप्ती नगरपालिका–३ कि २३ वर्षीया सुजिता भण्डारीको आज देवघाटमा दाहसंस्कार गरिएको छ ।

पोष्टमार्टमको लागि काठमाडौँ लगिएको सुजिताको शव परिवारले सोमबार बिहान काठमाडौँमा बुझेका चितवन प्रहरीले जनाएको छ । आज दिउँसो देवघाटमा सुजिताको दाहसंस्कार भएको प्रहरीको भनाइ छ ।

सुजिताको मृत्युको विषयमा गहिरो अनुसन्धान गरी दोषीलाई नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने अडान परिवारले यसअघि लिँदै आएका थिए । चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र दोषीलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएपछि परिवारले सुजिताको शव बुझेका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा शनिबार राखिएको बैठकमा राप्ती नगरपालिका नगर प्रमुख , उप–प्रमुख, वडाध्यक्ष,कार्यपालिका सदस्यहरु, स्थानीय र परिवारहरुबीचमा हाल सम्म घटनाको अनुसन्धानबाट प्राप्त प्रमाण सहित घटनाको सत्य तथ्य सार्वजनिक गरिने प्रतिबद्धता जनाए संगै परिवारले शव बुझ्ने निर्णय गरेका हुन् ।

गत असार ११ गते देखि हराइरहेकी सुजिताको शव असार २० गते राप्तीकै ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);