कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी प्रभुराम शर्मालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी प्रभुराम शर्मालाई

Purnachandra_thapa

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कायममुकायम प्रधानसनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफरिस गर्ने निर्णय गरेको हो ।

सरकारले शर्मालाई साउन २५ गते बाट लागुहुने गरी सो पदमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ मा अवकाश पाउँदै छन् । तर अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार थापा साउन २५ देखि बिदामा बस्न लागे पछि शर्मालाई साउनु२५ बाटै कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);