नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिका रुपमा पूर्णचन्द्र थापाले कमाण्ड सम्हाल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिका रुपमा पूर्णचन्द्र थापाले कमाण्ड सम्हाल्ने

purna chandra thapa

काठमाडौं, २४ साउन । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिका रुपमा आजदेखि पूर्णचन्द्र थापाले कमाण्ड सम्हाल्दै छन् ।

प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई बिदाई गरी बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको रुपमा सेनाको कमान्ड सम्हाल्न लागेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई आजदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेका छन् । प्रधानसेनापति क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामाा आयोजना हुने विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ ।

थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३ औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी समाल्नु हुनेछ । अवकाश हुनुभन्दा एक महिनाअघि नै बिदा बस्ने परम्पराअनुसार क्षत्री आजदेखि बिदामा बस्न लागेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);