जनकपुर-जयनगर रेलमार्गको परीक्षण शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनकपुर-जयनगर रेलमार्गको परीक्षण शुरु

rail janakpur

काठमाडौं, २४ साउन । जनकपुर जयनगर ब्रोडगेज रेलमागको परीक्षण सुरु भएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको छ ।

अब बाँकी खण्डमा पनि कम्पनीले थप परीक्षण गर्ने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।
सरकारले करिब डेढ वर्षसम्म रेल भाडामा लिएर चलाउने मोडालिटी टुंग्याएको छ । आगामी डिसेम्बरदेखि जनकपुर जयनगर रेल चलाउने तयारी भएको छ ।

ब्रोडगेज लिक बिछ्याउने काम लगभग सकिएपछि परीक्षण सुरु भएको हो । यो रेलमार्गमा भाडामा रेलगाडी ल्याएर कन्ट्रयाक्टमा चलाउन दिन तयारी अघि बढाइएको छ । ‘यसका लागि भारतीय रेल्वेसँग सहयोग मागेका छौं । बिडिङ डकुमेन्टको मस्यौदा उसले दिएपछि हामी अघि बढ्छौं,’ उपाध्यायले भने । रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई डेढ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको गर्न लागेको हो ।

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङ गर्न लागिएको उपाध्यायले बताए । ‘हामीसँग रेल चलाउने अनुभवी मान्छे पनि छैनन् । मर्मतका लागि प्राविधिक पनि छैनन् । स्टेशन म्यानेजरदेखि कुनैपनि जनशक्ति पनि रेल्वेमा अनुभव हासिल गरेका छैनन्,’ विभागका एक अधिकारीले भने, ‘यो अवस्थामा हामी आफैं रेल चलाउन सक्दैनौं । त्यसैले डेढ वर्ष बाहिरका कम्पनीलाई व्यवस्थापनको जिम्मा दिँदैछौं ।’

आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्न लागिएको छ । भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ । हालै कुर्ता जनकपुर जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । यो विस्तारको काम सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसैकारण जनकपुर जयनगर रेल सेवा विगत ४ वर्षदेखि बन्द अवस्थामा छ ।

३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई २ वर्षभित्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोड्ने योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);