प्रधानसेनापति ६ दिनका लागि किन जाँदैछन् भारत ? | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

प्रधानसेनापति ६ दिनका लागि किन जाँदैछन् भारत ?

काठमाडाैं, २२ जेठ । भारतीय सेनाका सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री बुधबार भारत भ्रमणमा जाँदै छन् । उनी भारतमा छ दिन रहने छन् ।

उक्त भ्रमणको दौरानमा उनले देहरादुनस्थित भारतीय सेनाको मिलिट्री एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको चिफ रिभ्युइङ अफिसरको रुपमा आतिथ्यता ग्रहण गर्नेछन्।

भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् । भ्रमण सम्पन्न गरी प्रधानसेनापति जेठ २८ गते स्वदेश फिर्ता  हुने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने  नेपाली सेनाले विश्वास लिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

ताजा समाचार