काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव

petrol line

कविता कार्की
काठमाडौं, २२ जेठ । काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखिएको छ । पटक–पटक मूल्य बढाउँदै आएको नेपाल आयल निगमले विभिन्न बाहाना देखाउँदै तेल आपूर्ति असहज भएको बताएको छ ।

तर, उपभोक्त भने मूल्य वृद्धिबारे भइरहेको विरोधबाट बच्न निगमले समस्या खडा गरेको बताउँछन् । पछिल्लो समय पटक–पटक मूूल्यबृद्धि गरेको आयल निगमले बढेको मूल्यमा पनि पेट्रोलियम पदार्थ सहज रुपमा वितरण नगरेपछि उपभोक्ताहरु आक्रोशित बनेका छन् ।

नाकाबन्दीकै झल्को दिने गरी पेट्रोल पम्पहरुमा तेलका लागि भौतारिनुपर्ने र घण्टौं तेलको लाइनमा बस्नुपर्ने स्थिति देखिएको छ । निगमले कहिले सीमामा हड्ताल, कहिले चालकलाई कुुटपिट र कहिले लिकेजको बहाना देखाउँदा उपभोक्ताले दुख पाउने गरेका छन् । निगमले सहज ढंगले तेल आपूुर्तीको ब्यवस्था मिलाउनुु पर्ने उपभोक्ताहरुको भनाइ छ ।

दुुईदिन कुनै बहानामा हड्ताल, सार्बजनिक बिदा र सीमापारीको रिपाइन्डरी केन्द्रमा सरसफाइको कारण आपूूर्ति अवरोध हुुने बित्तिकै राजधानीमा तेलको हाहाकार भएको देखाउने प्रवृतिलाई आमउपभोक्ता निगमको गैरजिम्मेवारीपन भएको बताउँछन् ।

निगमका अधिकारीले राजधानीमा तेलको मौज्दात १ महिनासम्म पुुग्ने बताउने गरेका छन् । तर, दुुई दिन तेल आपूूर्तिमा अबरोध सिर्जना हुनेबित्तिकै काठमाडौँमा तेलको हाहाकार हुन्छ ।

यसप्रति उपभोक्ताले निगमको नियतमाथि प्रश्न उठाएका छन् । यसरी तेलको कृतिम अभाव गराएर आम जनतालाई दुख दिने निगमका कर्मचारीहरु पहिचान गरी दण्डित गर्नुपर्ने र अबदेखी तेल आपूूर्तिमा अवरोध सिर्जना गर्न नदिने तर्फ सरकारले ध्यान दिनुपर्ने उपभोक्ताको माग छ ।

उपभोक्ताहरुले राजधानीलगायत देशका कतिपय पेट्रोल पम्पहरुमा तेलमा मिसावटसँगै परिमाण कम दिने समस्या भोग्दै आएका छन् । यसका साथै सीमा क्षेत्रमा अबैध तरिकाले तेलको चोरी निकासी भैरहेको तर्फ सरकारले ध्यान नदिएको जनगुुनासो पनि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);