वन व्यवस्थापनको अधिकतम लाभ समुदायलाई : मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वन व्यवस्थापनको अधिकतम लाभ समुदायलाई : मन्त्री बस्नेत

shakti-basnet

काठमाडौं, २२ जेठ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन व्यवस्थापनको अधिकतम लाभ समुदायमा पु-याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री बस्नेतले वन संरक्षण र त्यसबाट प्राप्त हुने प्रतिफलको ठूलो हिस्सा जनतालाई उपलब्ध गराउन सरकार लागि परेको दावी गरे । मंगलबार काठमाडौंमा आयोजित ‘विश्व वातावरण संरक्षणमा समूदायिक वनको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले वातावरण संरक्षण अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे ।

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सामूदायिक वनले विश्व वातावरण संरक्षणमा अतुलनीय योगदान दिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);