वन अतिक्रमण न्युनिकरण गर्दै लगिएको वनमन्त्रीको दावी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

वन अतिक्रमण न्युनिकरण गर्दै लगिएको वनमन्त्रीको दावी

shakti-basnet

काठमाडौं, २४ पुस । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन अतिक्रमण न्यूनिकरण गर्दै लगिएको दावी गर्नु भएको छ । मन्त्री बस्नेतले वन अतिक्रमण र वन विनास हुन नदिन सरकार सचेत रहेपनि त्यसलाई तत्कालै नियन्त्रण गर्ने सम्भावना भने नरहेको स्पष्ट पारे।

मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले वन विनासको काम सरकारले घटाउँदै लगेको बताए ।

एकै चोटी वन विनास रोक्न सम्भव नरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसका लागि केही समय लाग्ने उल्लेख गरे । मन्त्री बस्नेतले वन क्षेत्रको कारण विकास, निर्माणको काममा अवरोध आउन नदिन आफू सचेत रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);