मेलम्ची आयोजनाको काममा अवरुद्ध पार्नेमाथि कडा कार्वाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मेलम्ची आयोजनाको काममा अवरुद्ध पार्नेमाथि कडा कार्वाही गर्न माग

melamchi

काठमाडौं, २४ पुस । सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् । संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सांसदद्वय यज्ञराज सुनुवार र राजेन्द्र लिङदेनले पछिल्लो समय इटालियन ठेकेदार कम्पनी सिएमसीले सो आयोजनाको काम अलपत्र पार्ने काम गरेको भन्दै तत्काल कार्वाही गर्न सरकारसँग माग गरेका हुन ।

सत्तारुढ दल नेकपाका सांसद सुनुवारले आयोजनाको काममा ढिलासुस्ती गर्ने पत्ता लगाउन संसदीय छानवीन समिति नै गठन गर्न पनि माग गरे । अर्का सांसद लिङदेनले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर जाने सिएमसी कम्पनीलाई कडा कार्वाही गर्न सरकारसँग माग गरे ।

बैठकमा समितिका अन्य सदस्यहरुले पनि राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन नसकेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको आलोचना गरेका थिए । समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ ।

बजेट अभाव भएको भन्दै इटालियन ठेकेदार कम्पनी सिएमसीले सकिनै लागेको मेलम्ची खानेपानी आयोजनाको काम छोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);