प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कुन सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कुन सांसदले के भने ?

काठमाडौं, २ असोज । प्रतिनिधिसभाका सांसदहरुले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्न ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाका सांसदहरुले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न पनि सरकारलाई पुनः दवाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद शेरबहादुर तामाङले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई दबाब दिए । उनले मेलम्ची खानेपानी आयोजनाको प्रभावित क्षेत्रमा बनाउन बाँकी रहेको पुल तत्काल निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न नसकेबाट सरकारको क्षमतामाथि नै प्रश्न उठेको टिप्पणी गरे ।

अर्का सांसद बिन्दा पाण्डेले सरकारले मौलिक हकसम्बन्धि कानुन निर्माणको काम समयमै सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनबाट महिला हिंसामा पनि कमी आउने विश्वास व्यक्त गरिन् ।

सांसद बसन्तकुमार नेम्वाङले सरकारलाई विकास निर्माणतर्फ केन्द्रित हुन आग्रह गरे । उनले सरकारले मौलिक हकसँग सम्बन्धित कानुन समयमै निर्माण सम्पन्न गरेकोमा खुसी व्यक्त गरे।

सांसद विमला विश्वकर्माले मुलुकलाई समृद्ध बनाउन आवश्यक बजेटको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए । खोटाङ जिल्ला अस्पतालमा आवश्यक पूर्वाधार विकास गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

सांसद विशाल भट्टराइले खोटाङ जिल्ला अस्पतालमा स्तरोन्नति गर्न सरकारसँग माग गर यता, सांसद शान्ता चौंधरीले सरकारमाथि आलोचना गर्न साना विषयलाई पनि पहाड बनाउने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

सप्तरीमा स्वाईन फ्लूले ज्यान लिँदा पनि सरकारले त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था गर्न नसकेको पनि सांसदहरुले गुनासो गरेका छन् । सांसद सरिताकुमारी गिरीले स्वाईन फ्लू नियन्त्रणका लागि आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरिन् ।

त्यसैगरी सांसद संजयकुमार गौतमले बर्दियामा बाघ, हात्ति र गैंडाको आक्रमणबाट पीडितलाई उचित राहत दिन माग गरे । सांसदहरु सत्य पहाडी, सूर्यप्रसाद पाठक, ज्ञानकुमारी छन्त्याल लगायतले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्याबारे सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);