मेलम्ची आयोजनाको बाँकी काम पूरा गर्न गम्भीर नभएको भन्दै सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मेलम्ची आयोजनाको बाँकी काम पूरा गर्न गम्भीर नभएको भन्दै सरकारको आलोचना

melamchai

काठमाडौं, १४ माघ । प्रतिनिधिसभाका सांसदहरुले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्न गम्भिर नभएको भन्दै सरकारको आलोचना गरेका छन्।

संघीय संसदको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा समितिका सदस्य गणेशकुमार पहाडीले सरकार मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्न गम्भीर नभएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारकै कारण इटालियन ठेकेदार कम्पनी सिएमसी काम छाडेर भागेको होकि भन्ने आशंका जन्मिएको पनि बताए ।

समितिका अर्का सदस्य बहादुरसिंह लामाले पाँच करोड कमिशन मागेपछि सिएमसी कम्पनी सो आयोजनाको कामै छोडेर हिँडेको समाचार आईरहेको भन्दै त्यसको जवाफ दिन पनि सरकारसँग माग गरे ।

समितिका सदस्य जीपछिरिङ लामाले मेलम्ची खानेपानी आयोजनाको काम स्वदेशी निर्माण कम्पनीबाटै गराउन सरकारलाई सचेत गराए । त्यसैगरी समितिकी सदस्य कमला रोकाले आयोजनाबारे किन गलत सूचना दिएर जनतालाई ढाँटेको बताईन् ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मेलम्ची खानेपानी आयोजनाको काममा अव ढिलाई नहुने प्रतिवद्धता दोहो¥याएका थिए  ।

सरकारले सिएमसी कम्पनीबारे ठोस निर्णय लिन १४ दिने सूचना जारी गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);