संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि अमृतबहादुर राईको नाम अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि अमृतबहादुर राईको नाम अनुमोदन

amritbahadur rai

काठमाडौं, १४ माघ । संसदीय समितिले संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि नियुक्तीका लागि सरकारले सिफारिस गरेका अमृतबहादुर राईको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले सरकारद्धारा संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि सिफारिस राईको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी राईको नाम संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

गत पुस २७ गते बसेको मन्त्रीपरिषद बैठकले राईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो । बैठकमा राईले ठूला राष्ट्रहरुले हतियार खरिदका लागि गर्ने खर्च गरिवी, अभाव र भोकमरी अन्त्यमा प्रयोग गर्न आफूले संयुक्त राष्ट्र संघमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको ब्यक्तिलाई राष्ट्रपतिले संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);