संसदीय सुनुवाई : फ्रान्स र थाइल्याण्डका लागि प्रस्ताबित राजदूतको नाम अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संसदीय सुनुवाई : फ्रान्स र थाइल्याण्डका लागि प्रस्ताबित राजदूतको नाम अनुमोदन

samsadiy sunuwai

काठमाडौं, ३ माघ । संसदीय सुनुवाई विशेष समितिले दुई जना राजदुतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले सरकारद्धारा फ्रान्सका लागि प्रस्तावित राजदुत दिपक अधिकारी र थाईल्याण्डका लागि प्रस्तावित राजदुत गणेशप्रसाद ढकालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । परराष्ट्र मन्त्रालयका सहसचिवद्धय अधिकारी र ढकालको नाम क्रमशः फ्रान्स र थाईल्याण्डको राजदुतमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

गत पुस ६ र ९ गते बसेको मन्त्रीपरिषद बैठकले अधिकारी र ढकालसहित विभिन्न देशका लागि ५ जना राजदुतको नाम सिफारिस गरेको थियो । बैठकमा फ्रान्सका लागि प्रस्तावित राजदुत अधिकारीले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिवद्धता जनाएका थिए ।

थाईल्याण्डका लागि प्रस्तावित राजदुत ढकालले मुलुकमा लगानी भित्रयाउने विषयलाई आफूले उच्च प्राथमिकता दिने बताए ।

समितिको बैठकले बाँकि रहेका संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि, कुवेत, र क्यानडाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई माघ ८ गते गर्ने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);