सर्वोच्चका लागि ५ न्यायाधिशको नाम अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सर्वोच्चका लागि ५ न्यायाधिशको नाम अनुमोदन

काठमाडौं, ५ बैशाख । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायायाधीशहरुको नाम अनुमोदन गरेको छ । समितिको बिहीबार सिंहदबारमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित प्रकाशकुमार ढंगाना, सुष्मलता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो ।

समितिको बैठकमा पाँचै जना न्यायाधीशको सुनुवाई गरि उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिमा प्रस्तावित न्यायाधीशहरुविरुद्ध ५ वटा उजुरी परेको थियो । त्यस सम्बन्धमा पनि बिहीबार नै उजुरीकर्ताहरुसँग छलफल गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);