चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन

char adhaksya ko naam anudoman

काठमाडौं, २१ फागुन । संसदीय सुनुवाइ विशेष समितिले बिभिन्न चारवटा सम्बैधानिक आयोगका अध्यक्षका लागि प्रस्तावित व्यक्तिहरुको नाम अनुमोदन गरेको छ ।  संसदीय सुनुवाइ विशेष समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिव बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा पूर्वसचिव शान्तराज सुवेदी, मधेशी आयोगमा डाक्टर विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीलाई अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिको बैठकमा सिफारिस भएका सबैसँग आयोग संचालनको अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संसदीय सुनुवाई विशेष समितिको पछिल्ला बैठकहरु प्रतिपक्षी दलका सांसदहरुले भने बहिस्कार गर्दै आएका छन । संबैधानिक परिषद्को बैठकले प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा विभिन्न आयोगका पदाधिकारीको नाम सिफारिस गरेको भन्दै सुनुवाई समितिमा नेपाली काङ्ग्रेसका तर्फबाट सदस्य रहेका सांसदहरुले बहिस्कार गरेका हुन् ।

सुनुवाईका लागि सिफारिस गरिएका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएपछि समितिले मियाँको भने सुनुवाई गरेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);