भरतमोहन अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भरतमोहन अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित

shok prastav parit

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारी प्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

पूर्व अर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा,२०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य थिए । उनी २०४६ सालमा प्रजातन्त्र पुनस्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि थिए ।

अधिकारीको ८३ बर्षको उमेरमा फागुन १८ गते सनिबार उपचारको क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार अपरान्ह १ बजे बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);