प्रतिनिधिसभाद्धारा पुर्व शिक्षा मन्त्री पौडेलको निधन प्रति शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिनिधिसभाद्धारा पुर्व शिक्षा मन्त्री पौडेलको निधन प्रति शोक प्रस्ताव पारित

pratinidhi sabha

काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाले पुर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पुर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ बर्षको उमेरमा आज बिहान चितवनको माडीमा असमायिक निधन भएको हो । बैठकले उहाँको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली अर्पण गदै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ ।

प्रतिनिधि सभाको अर्को बैठक आईतबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);