बागमती नदिको पुल निर्माणमा पप्पु कन्स्ट्रक्सनको बदमासी, कारवाही गर्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बागमती नदिको पुल निर्माणमा पप्पु कन्स्ट्रक्सनको बदमासी, कारवाही गर्न संसदीय समितिको निर्देशन

samiti ko nirdeshan

काठमाडौं, ३१ जेठ । संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माण ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसदको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भिर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो । उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनु भयो । समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो । उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा पप्पुले त्यस विपरित काम अघि बढाएकाले कार्वाही गर्न समितिले सिफारिस गरेको हो ।

बैठकमा समितिका सदस्य जीप छिरिङ लामाले पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिनु भएको थियो । उहाँले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि सो पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पप्पु कन्स्ट्रक्सनले देशका बिभिन्न भागमा ठेक्का लिएको आयोजनाहरुको काम सुरु गर्ने अनि अलपत्र छाड्ने काम गदै आइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);