पप्पु कन्सट्रक्सनमाथि कारबाही गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पप्पु कन्सट्रक्सनमाथि कारबाही गर्न निर्देशन

pappu construction

काठमाडौं, ३२ जेठ । पप्पु कन्सट्रक्सनले निर्माण गरिरहेको काठमाडौंको तीनकुनेस्थित बाग्मती नदीको पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर)मा गम्भीर त्रुटि रहेको पाइएको छ । २९ दशमलव ५ मिटर गहिरो (लम्बाइ)का १६ वटा (१२ सय एमएम) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएकोमा एउटा पाइल्स १६ दशमलव ५ मिटरको मात्र निर्माण भएको छ । गुणस्तर अभावमा अन्य दुई वटा पाइल्स क्र्याक भएका छन् ।

संसद्को विकास तथा प्रविधि समितिले बाग्मती नदीमाथिको पुल निर्माण ठेक्का लिएको पप्पु कन्सट्रक्सनले गम्भीर लापरबाही गरेकाले आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।

निर्माणधीन पुलका तीनवटा पाइल्समा गम्भीर त्रुटि देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो । तर, सडक विस्तार आयोजनाको निर्देशनको अवज्ञा गर्दै पप्पु कन्सट्रक्सनले पुलको सबस्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको जनाइएको छ । तर, उक्त निर्देशनको पालना नै नगरी स्ल्याब ढलानको तयारी गरेको भन्दै समितिले पप्पुलाई कारबाही गर्न निर्देशन दिएको छ ।

यसअघि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले पुल निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनपछि समितिले पुल ठेक्का लिने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);