अधिकारी निधनको शोकमा तीन दिन आधा झण्डा झुकाउने तथा शोक पुस्तिका राख्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अधिकारी निधनको शोकमा तीन दिन आधा झण्डा झुकाउने तथा शोक पुस्तिका राख्ने निर्णय

bharat mohan adhikari death

काठमाडौं, १९ फागुन । नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले अधिकारीको परिवार प्रति श्रद्धाञ्जली दिंदै पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

bharat mohan adhikari death
नेता भरतमोहन अधिकारी

पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । यसैगरी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);