ओली र प्रचण्डले ओढाए भरतमोहन अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

ओली र प्रचण्डले ओढाए भरतमोहन अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा

Bharat-mohan-adhikari

काठमाडौं, १९ फागुन । पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् ।

उनको गएराति निधन भएको हो । तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राति मृत्यु भएको अस्पतालले जनाएको हो । उनको शनिवार राती ९ः४५ बजे निधन भएको अस्पतालले विज्ञप्ती मार्फत जानकारी दिएको छ । यसअघि शनिबार नै अस्पतालमा पत्रकार सम्मेलन गरेर अधिकारी जीवित रहेको तर बचाउन सकिने सम्भावना निकै न्यून रहेको जानकारी गराएको थियो ।

त्यसपछि अर्को प्रेस विज्ञप्ति निकाल्दै अस्पतालले अधिकारीको निधन भएको औपचारिक जानकारी गराएको हो । पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);