पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई बचाउन सक्ने सम्भावना न्युन : चिकित्सक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई बचाउन सक्ने सम्भावना न्युन : चिकित्सक

Bharat-mohan-adhikari

काठमाडौं, १८ फागुन । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक बन्दै गएको चिकित्सकले जनाएका छन् । ८३ वर्षीय अधिकारीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उनलाई बचाउन सक्ने सम्भावना न्युन देखिएकाे ह्याम्स अस्पतालले जनाएको छ ।

अधिकारी बिगत तीन हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । बिहीबारदेखि अचेत अवस्थामा रहेका उनको स्वास्थ्य अवस्था निकै गम्भीर र अत्यान्तै चिन्ताजनक रहेको चिकित्सले जनाएका छन् । विगत २४ घण्टादेखि उनले पिसाब गरेका छैनन् ।

शनिबार अस्पतालले पत्रकार सम्मेलन गरी अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको हो । चिकित्सा विज्ञान अनुसार सम्पुर्ण उपचार विधि अपनाउँदा समेत उनको स्वास्थ्य अवस्था खस्किँदै गएको अस्पतालले उल्लेख गरेको छ ।  फोक्सो र मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका अधिकारीको शरिरका महत्वपूर्ण अंगले काम गर्न छाडिसकेको चिकित्सकले जनाएका छन् ।

यसैबीच, अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारका मन्त्री, नेकपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु अस्पताल पुगी उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कानून मन्त्री भानुभक्त ढकाल, श्रममन्त्री गोकर्ण विष्ट, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेता वामदेव गौतम, कृष्ण गोपाल श्रेष्ठ लगायत नेताहरु अस्पताल पुगि अधिकारीको स्वास्थ्य अवस्थाको पछिल्लो जानकारी लिएका छन् । अस्पतालमा अहिले नेता कार्यकर्ता, आफन्त तथा शुभचिन्तकहरुको भीड लागेको छ ।

भरतमोहन अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै चिकित्सक

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);