छाउप्रथा र झार फुकको भ्रमले एक महिला घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

छाउप्रथा र झार फुकको भ्रमले एक महिला घाइते

दैलेख,२८ साउन । शिक्षा, चेतनाको अभाव र अन्धविश्वासले अझै पनि नेपालमा धेरै नागरिकहरुले अकाल मै ज्यान गुमाउन परिरहेको छ । सरकारले धेरै पटक उन्मुलन गर्न खोजेको छाउप्रथा र झार फुकको भ्रमले गर्दा दैलेखमा एक महिला घाइते भएकी छिन् ।

छाउगोठमा बसेको बेला आगोमा जलेकी महिला झारफुक तिर लाग्दा उनको स्वास्थ्य अवस्था झन् विग्रिएको छ । दैलेख दुल्लु नगरपालिका ६ कुसाकोकी बसन्ती विक गएको असारमा पनि हरेक पटक झै छाउ भएकी बेला छाउगोठमा बसेकी थिइन् ।

छाउगोठमा बसिरहेका बेला नै छारे रोगले च्यापेर उनी आगोमा परिन् । आगोले जलेर विकको शरिरको बायाँ कुम जलेको थियो । उनलाई अस्पताल लानुको साटो गाउँ मै झारफुक र जडिबुटिले उपचार गर्ने प्रयास भयो । अन्धविश्वासका कारण झारफुकको पछि लाग्दा विकको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा पुग्यो।

जलेको घाउ सडेर किरा परेपछि मात्र उनलाई अस्पताल पु¥याइयो । दैलेख दुल्लु अस्पतालमा लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि बिकलाइ अहिले प्रदेश अस्पताल कालागाउँ सर्खेत पु¥याइएको छ ।

विक परिवारको आर्थिक अवस्थालाई ध्यानमा राखी अस्पतालले उपचार सेवा निशुल्क प्रदान गरिरहेको छ । शल्यक्रिया पछि विरामीको अवस्था सामान्य रहेको चिकित्सकको भनाई छ ।बसन्ती विक त मात्र एउटा प्रतिनिधि पात्र हो । देशका दुर्गम क्षेत्रमा अझै पनि धेरै महिलाहरुको मृत्युको कारण बनेको छ छाउगोठ ।

कति महिलाहरु घाइते भएका छन् कति बलात्कृत भएका छन् । अर्काेतिर धामीझाँक्रीको पछि लाग्ने अन्धविश्वासले पनि धेरैले ज्यान गुमाएका छन् । छाउप्रथा उन्मुल गर्न छाउगोठ भत्काउने अभियान त सरकारी तवरबाट धेरै पटक भएको छ । तर छाउप्रथाको अन्त्यका लागि छाउगोठ मात्र होइन मनको गोठ भत्काउन जरुरी छ । स्थानीयलाई जनचेतना मार्फत कुरितीहरुबाट टाढा राख्ने प्रयासहरु हुन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);