विद्युत् प्रशारण बन्द भएपछि जलविद्युत आयोजनाको गेट अगाडि मोबाइल चार्ज गर्नेको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विद्युत् प्रशारण बन्द भएपछि जलविद्युत आयोजनाको गेट अगाडि मोबाइल चार्ज गर्नेको भिड

काठमाडौं, २८ साउन । पर्वतको मोदी गाउँपालिकामा विद्युत् प्रशारण बन्द भएपछि स्थानीय मोदी खोला जलविद्युत आयोजनाको गेट अगाडि मोबाइल चार्ज गर्नेहरुको भिड लागेको छ ।

गत श्रावण २५ गते राती परेको चट्याङले पर्वतको मोदीखोला गाउपालिका वितरण केन्द्रकोे ट्रान्सफर्मरमा क्षति पु¥याएपछि मोदी गाउपालिकाका ७ वटा वडामा विद्युत सेवा अवरुद्ध भएको छ ।

विद्युत् सेवा अवरुद्ध भएपछि जलविद्युत आयोजनाको गेटमा मोबाइल चार्ज गर्नेको भिड लागेको हो । थ्रिएमभीए क्षमताको ट्रान्सफर्मरमा क्षति भएपछी बागलुङबाट ट्रान्सफर्मर ल्याई जडान गर्ने तयारी भएको विद्युत प्राधिकरण पर्वतले जनाएको छ ।

८७ टन भन्दा धेरै तौलको ट्रान्सफर्मर सजिलै ढुवानी गर्न नसकिने र जडान गरेको २ दिनमा मात्र विद्युत सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);