बाढीपहिरोका कारण नेशनल ग्रीड दुई सातादेखि अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाढीपहिरोका कारण नेशनल ग्रीड दुई सातादेखि अवरुद्ध

जुम्ला। असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्यि प्रशारण लाइनमा (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति   अवरुद्ध भएको  हो । दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल राष्ट्यि विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए । उनले भने,क्षति भएको स्थानमा मर्मतको काम भइरहेको छ ।दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाउ भइरहेको जनाएको छ । यही विजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन । टोल, क्षेत्र कलष्टर मिलाएर विजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए । उनले भने, ‘स्थानीय स्तरमा उत्पादित विजुली कम क्षमताको छ । यो विजुलीलाई अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्रथामिकता दिएको छ । नागरिकको घरमा पनि कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस भनेर पनि विजुली आपूर्ति गर्ने गरिएको छ ।’

क्षति भएको स्थानमा विजुलीका पोल गान्ने र तार जोड्ने काम निरन्तर भइरहेको छ । सडक पनि अवरुद्ध भएकोले विद्युत सामग्री ओसारपसारमा समस्या भएको छ । उनले हप्ता दिनभित्र नेशनल ग्रीड आपूर्ति हुने गरी मर्मतको काम भइरहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);